सांग्रिला डेभलपमेन्ट बैंकले बिक्रीमा ल्यायो बिक्री हुन नसकेको ५० हजार कित्ता सेयर

३ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । 

यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन परेन । 

अब उक्त सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ । 

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया