ग्रामीण विकास लघुवित्तको  अध्यक्षमा शिवहरि दंगाल नियुक्त

३ बर्ष अगाडि

काठमाडौं- ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले असोज २५ गते मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै कम्पनीले थप नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया