काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पश्चिमबंगालका राजधानी कोलकाता उडानका लागिबुध्द एयरले त्यहाँआफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ ।
बुध्द एयरले नवबर्ष २०७६को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ । कोलकाता–काठमाण्डौको सिधाहवाई सेवा सञ्चालनगर्ने बुध्द एयर एकमात्र नेपालीविमानसेवाकम्पनिहो ।
शुरुमाहप्ताको तीनदिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालनगर्नेछ । काठमाडौंबाट बिहान८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ ।
यात्रुको समय र पैसाको वचतहोस् हेतुले बुध्द एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालकाविभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमाआउनेछन् । यी प्याकेजहरु बुध्द एयरको भगिनी संस्थाबुध्दहोलिडेजले गर्नेछन् ।
व्यापार, कामकाजवापारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत्भारतको पर्यटन बजारलाई नेपालभित्र्याउने लक्ष्यबुध्द एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत्यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिएको छ ।
बुध्द एयरले देशकाविभिन्नभागमादिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।
प्रतिक्रिया