काठमाडौं - दसैँ सकिएसँगै हिजो आइतबारमात्रै नेपाल राष्ट्र बैंकबाट विभिन्न बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत ४६ अर्ब रुपैयाँभन्दा बढीको सापटी लिएका छन् ।
केन्द्रीय बैंकबाट दसैँपछिको पहिलो दिन आइतबारमात्रै बैंक तथा वित्तीय संस्थाहरुले ४६ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएका हुन् ।
बैंकहरुले दसैँअघि असोज १४ गतेसम्म कुल १९ खर्ब ७६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जानकारी दिएको छ ।
विभागका अनुुसार १ हजार १५९ कारोबारबाट बैंकहरुले साउन १ देखि असोजसम्म १४ गते उक्त रकमबराबरको अल्पकालीन सापटी लिएका हुन् ।
प्रतिक्रिया