प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन : प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून

३ बर्ष अगाडि

काठमाडौं - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फ आइतबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य साँझसम्म जारी रहेको थियो । 

कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा आइतबार साँझ ९ बजेसम्म प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर कुल २ हजार ४७४ मध्ये २ हजार २४२ पुरुष र महिला २३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेश सभामा ३ हजार ३९३ मध्ये पुरूष ३ हजार ९९, महिला २९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया