जापनिज येन २४ वर्षयताकै सस्तो, नेपाली मुद्राको तुलनामा पनि कमजोर

३ बर्ष अगाडि

काठमाडौं  - अमेरिकी डलरको तुलनामा जापनिज येन पनि कमजोर बन्द गएको छ । 

पछिल्लो समय महँगी नियन्त्रण गर्न अमेरिकाको फेडरल रिजर्भ (फेड0ले ब्याजदर बढाएको छ । जसका कारण डलर अन्य देशको मुद्राको तुलनामा बलियो बनेको छ । 

सोमबार १ डलरका लागि १४५ जापनिज येन खर्च गर्नुपर्ने भएको छ । जुन डलरको तुलनामा जापनिज येन २४ वर्षयताकै सस्तो हो । 

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले येन थप कमजोर भएमा सामना गर्न तयार रहेको धारणा सार्वजनिक गरेको थियो । सोही कारणले पनि जापनिज येनमा गिरावट आएको जानकारहरु बताउँछन् । 

डलरसँगै जापनिज येन नेपाली मुद्राको तुलनामा पनि कमजोर बनेको छ । राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दरअनुसार १० जापनी येनबराबर ९.०७ रुपैयाँ तोकिएको छ । १ डलरका लागि नेपालीले १३२.०२ रुपैयाँ तिनुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया