साञ्जेन जलविद्युतको ६ लाख ५० हजार कित्ता आईपीओमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासन गरेको छ । साञ्जेनको आईपीओ खरीदका लागि स्थानीयले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता  १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । 

आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरूले आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानी कोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नुअघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा जारी पूँजीको ३९.३६ प्रतिशत चिलिमे जलविद्युत्को, १०.३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र १.२८ प्रतिशत शेयर रसुवा जिल्लाका तत्कालिन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको शेयर स्वामित्व रहेको छ ।

कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरूको १९.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीहरूको १ प्रतिशत, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरूको ३.५ प्रतिशत शेयर स्वामित्व रहेको छ । यी बाहेक कम्पनीले सर्वसाधारणमा १५ प्रतिशत शेयर निष्कासन गरिसकेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया