नारायणी डेभलपमेन्ट बैंकले बिक्रीमा ल्यायो २२ हजार ८१४ कित्ता संस्थापक शेयर

३ बर्ष अगाडि

काठमाडौं - आजबाट नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २२ हजार ८१४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विधमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले तोकिएको उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने समेत बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया