काठमाडौं - आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन आइतबार ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा २.८६ अंक बढेर १९०१.२४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा १० स्टकको १ लाख १४ हजार २५६ रुपैयाँ बराबरको २८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया