काठमाडौं - दूरसंचार सेवा प्रदायक कम्पनी मोल्डसेलले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । प्रोफिट डट रोले उल्लेख गरे अनुसार माल्डोभाको राजधानी चिसिनाउमा रहेको दोस्रो ठूलो दूरसंचार सेवा प्रदायक मोल्डसेलले रोमानियाको बुखारेस्ट स्टक एक्सचेन्जमा सूचीकृत गर्न चाहेको हो ।
मोल्डसेलले पछिल्लो ३ वर्षमा घाटा व्यहोरेको छ । यसको घाटा गत वर्ष ३.१५ मिलियन अमेरिकी डलर थियो । तर घाटा क्रमश नियन्त्रण गर्दै आइरहेको छ । सन् २०१९ को ६.२२१ मिलियन डलरबाट २०२० मा ५.९९ मिलियन डलरमा आएको छ ।
३ सय ३५ जना जनशक्ति रहेको मोल्डसेलले सन् २०२५ सम्ममा ५ अर्ब अमेरिकी डलर कारोबार पुर्याउने लक्ष्य राखेको छ । मोल्डसेलले मोल्डोभा गणतन्त्रको संकटग्रस्त दूरसञ्चार बजारमा गत वर्ष ६७.१८ मिलियन अमेरिकी डलरको खुद बिक्री गरेको थियो ।
सन् २०२१ मा १९ लाख ग्राहकसहित मोल्डसेल स्थानीय अर्को दूरसंचार कम्पनी ओरेन्जपछि, मोल्डोभा गणतन्त्रमा दोस्रो बजार साझेदार हो । जहाँ यसले कारोबार रकमको आधारमा जम्मा २९ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
प्रतिक्रिया