आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उम्मेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ । 

आज उजुरी परेका उम्मेदवारहरुको उजुरीउपर छानविन तथा उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया