एजेन्सी - विश्वव्यापी मन्दीको खतरा बढ्दै गएको छ । एकातिर ठूला कम्पनीमा कर्मचारीको कटौती देखेर अनुमान गरिएको छ भने अर्कोतर्फ आईएमएफले पनि विश्वलाई आफ्नो खतराबारे सचेत गराएको छ ।
अहिले भर्खरैको सर्वेक्षणको नतिजा हेर्दा मन्दीको डर अझै गहिरो छ । केपीएमजी २०२२ सीईओ आउटलुकको रिपोर्टमा चकित पार्ने तथ्यांक बाहिर आएको छ । रिपोर्टअनुसार विश्वव्यापी मन्दीको डरको बीचमा रोजगारीमा ठूलो खतरा छ ।
यस सर्वेक्षणमा केपीएमजीले विश्वका विभिन्न देशका ठूला कम्पनीका सीईओहरुको राय समावेश गरेको छ र यसमा मिश्रित नतिजा देखिएको छ । सर्वेक्षणमा सहभागी ८६ प्रतिशत सीईओहरुले आगामी १२ महिनामा मन्दी आउन सक्ने अनुमान गरेका छन् ।
जबकि ५८ प्रतिशतले आउँदै गरेको मन्दी एकदमै सानो हुने सोचेका छन् ।
प्रतिक्रिया