राधी विद्युतको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रदमा भोलीसम्म माात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत असोज ५ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ । 

कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गरेको छ । 

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो हकप्रदमा भोलि असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ । राधी विद्युतले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत भदौ १२ गते बुक क्लोज गरेको थियो । यसैले भदौ ११ गते सम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया