पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो । 

सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए । 

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक संकलन शुरु गरिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया