निर्वाचनमा होमिए शेयर बजारका हस्ती

३ बर्ष अगाडि

काठमाडौं - शेयर बजारका चर्चित लगानीकर्ता हरि ढकालले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । ढकालले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हबाट उम्मेदवारी दर्ता गराएका हुन ।

ढकालले उम्मेदवारी दर्ता गराएको चितवन क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका विश्व पौडयाल र नेकपा एमालेको तर्फ शुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

पौडयाल र पाण्डेको लामो समयको राजनीतिक अनुभव भएता पनि आफूले उम्मेदवारी दिएको क्षेत्रबाट निर्वाचित हुनेमा ढुक्क भएको ढकालको दाबी छ ।

अर्का शेयर बजारका सकृय लगानीकर्ता नयन बास्तोलाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बास्तोलाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ९क० बाट लौरो चिन्नबाट उम्मेदवारी दर्ता गराएका हुन । 

३ बर्ष अगाडि

प्रतिक्रिया