काठमाडौं - बीमा अभिकर्ताको लाइसेन्स नविकरण गर्न छुटेकाहरुले अवको एक साता मात्रै समय पाउने भएका छन् ।
नियम अनुसार अभकर्ताले चैत मसान्त भित्रमा नविकरण गरिसक्नु पर्छ । तर थप दस्तुर सहित भने यहि असोज मसान्तसम्म निवरकण गर्न सक्छन् । तर यस अवधिमा तोकिएको हर्जना सहित नविकरण नगरेमा लाइसेन्स स्वतः खारेज हुन्छ ।
बीमा नियमावली २०४९ को दफा २२ अनुसार कुनै बीमा अभिकर्ताले चैत मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा र सो कारण मुनासिव देखिएमा समितिले नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि एक सय रुपैयाँ र त्यसपछिको चार महिना सम्मको लागि प्रति दिन पाँच रुपैंयाँ थप दस्तुर लिई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण हुने व्यवस्था छ ।
यस हिसावले अभिकर्ताले नविकरण गर्नका लागि एक मुष्ठ रुपमा ९२५ रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । यदि अभिकर्ताले चैत मसान्तसम्ममा नविकरण गरेको एक २०० रुपैयाँ भुक्तानी गरे पुग्थ्यो ।
बीमा समितिका अनुसार गत चैत मसान्तसम्ममा नविकरण गर्नु पर्ने अभिकर्ताको संख्या २ लाख ५० हजार रहेको छ । अभिकर्ताले सजिलै अनलाइन प्रणालीबाटै लाइसेन्स नविकरण गर्न सक्ने व्यवस्था छ । समितिका अनुसार एक लाख ७०र८० हजारले मात्रै नविकरण गरेका छन् ।
प्रतिक्रिया