विश्वमा मन्दी निम्त्याउन सक्ने संकेत

३ बर्ष अगाडि

एजेन्सी - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्रको वृद्धि सुस्त हुने चेतावनी दिएको छ । यसले विश्वमा मन्दी निम्त्याउन सक्ने संकेत पनि आईएमएफले गरेको छ । 

आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले सन् २०२६ सम्ममा विश्व अर्थतन्त्र ४ ट्रिलियन डलरको कीर्तिमानी वृद्धि हुने बताइन् । आईएमएफले भविष्यमा विश्व अर्थतन्त्रको वृद्धि हुने प्रक्षेपण गरेको छ । २०२२ मा जहाँ अर्थव्यवस्था ३।२ प्रतिशतको दरमा विकास भइरहेको छ। २०२३ मा यो केवल २.९ प्रतिशत वृद्धिमा बढ्नेछ ।

जर्जिएभाले अर्थतन्त्रमा सुधार आउनुको साटो खस्कँदै गएको बताइन् । उनले विश्व अर्थतन्त्र यही दरले बढेमा छिट्टै विश्वले फेरि एकपटक मन्दीको सामना गर्नुपर्ने बताइन् ।

कोरोना महामारी, रुस–युक्रेन युद्ध र जलवायु प्रकोपका कारण विश्व अर्थतन्त्रको वृद्धि नराम्ररी प्रभावित भएको थियो । चीन, युरोप र अमेरिका जस्ता ठूला देशको अर्थतन्त्र पनि यी कारणले सुस्ताउन थालेको छ। जसका कारण विकसित मुलुकबाट हुने निर्यात घट्न थालेको छ  । 

यसको असर विश्वमा बढ्दो मुद्रास्फीतिका रुपमा देखिन थालेको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया