७.८३ प्रतिशत लाभांश पारित गर्न गुराँस लाइफले बोलायो कात्तिक ४ गते साधारण सभा, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक ४ गते १२ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय, राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाबाट कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७।८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन हुँदैछ ।

यस्तै यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुधबार बुकक्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया