काठमाडौं - नेपाली बजारमा आइतबार अमेरिकी डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०२ रुपैयाँ र खरिददर १३१.४२ रुपैयाँ कायम भएको हो । जुन नेपाली बजारमा हालसम्मकै उच्च हो ।
गत शुक्रबारको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३१.३२ रुपैयाँ र खरिददर १३०.७२ रुपैयाँ कायम भएको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो ।
मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ । योसँगै डलर पनि विश्व बजारमा बलियो बन्दी गएको छ ।
भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।
प्रतिक्रिया