काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेमा लघुवित्तको शेयर कारोबार रोक्का भएको हो ।
असोज १४ गते एक कार्यक्रमकाबीच डिप्रोक्सले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्शका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्राप्ति सम्बन्धि बिषयमा काम गर्नलाई बासुप्रसाद उपाध्यायको संयोजकत्वमा सयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन समेत भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया