काठमाडौं - विश्व बैंकले चालु आर्थिक वर्षामा नेपालको आर्थिक वृद्धदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ८ प्रतिशत रहने लक्ष्य राखेको छ ।
हालै सार्वजनिक गरिएको दक्षिण एसियामा केन्द्रित ‘कपिङ विद सक्सः माइग्रेसन एन्ड द रोड टु रिसिलियन्स’ प्रतिवेदनमा विश्व बैंकले यो वर्षको आर्थिक वृद्धिदर औसत ५.८ प्रतिशत हुने अनुमान गरेको हो । यो गत जुनमा विश्व बैंकले नै गरेको प्रक्षेपणको तुलनामा १ प्रतिशत विन्दुले कम हो ।
नेपालको पर्यटन क्षेत्रमा आउने सुधार र जलविद्युत् उत्पादनमा हुने वृद्धिले औद्योगिक क्षेत्रको वृद्धिदर पनि अर्थतन्त्र बलियो हुने विश्व बैंकको प्रक्षेपण छ । यद्यपि आगामी आर्थिक वर्षमा भने आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण छ ।
चालु आवमा सार्वजनिक ऋणको तह स्थिर रहने र विदेशी विनिमय सञ्चितिमा परेको चाप कम हुने अनुमान विश्व बैंकको छ ।
प्रतिक्रिया