भारतले यूएईबाट निर्जीवन बीमा कम्पनीमा १०.६४ अर्ब लगानी भित्र्याउने

३ बर्ष अगाडि

एजेन्सी - भारतीय व्यापारीक समूह आदित्य बिरला क्यापिटलले आदित्य बिरला हेल्थ इन्स्योरेन्स कम्पनीको ९.९९ प्रतिशत शेयर आबुधाबीस्थित लगानीकर्तालाई बिक्रीको लागि भारतीय बीमा नियामकबाट स्वीकृति प्राप्त गरेको छ ।

बीमा नियामकले आबुधाबी इन्भेस्टमेन्ट अथोरिटीको भारु ६ अर्ब ६५ करोड (१० अर्ब ६४ करोड रुपैयाँ) भारतीय स्वास्थ्य बीमा कम्पनीमा वैदेशिक पूँजीको रुपमा लगानी गर्ने निर्णय गरिसकेको छ ।

भारतको प्रतिस्पर्धा आयोगले आबुधाबी इन्भेस्टमेन्ट अथोरिटीको लगानी प्रस्तावलाई गत सेप्टेम्बरमा अनुमोदन गरेको थियो ।‌

३ बर्ष अगाडि

प्रतिक्रिया