हत्कडी नलगाउन सन्दीपको बिन्ती प्रहरीद्धारा अस्वीकार

३ बर्ष अगाडि

काठमाडौं - क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई पक्राउ गरिएको हो । प्रकाउ गरेपछि सन्दीपले आरोप  प्रमाणित नभएकोले हातमा हत्कडी नलगाउन प्रहरी सामु बिन्ती गरेपनि प्रहरीले सो विन्ती अस्वीकार गरेको थियो । 

हत्कडी लगाएको ठाँउमा उनले सेतो रूमालले ढाकेका थिए । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । 

 भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया