यूएसएडले लक्ष्मी बैंकमार्फत् ५ अर्ब ८७ करोड ५५ लाख बढि कर्जा लगानी गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ ।

लघु तथा मझौला कृषि उद्यमको प्रवर्द्धनको लागि यूएसएआइडीले दिने ४ करोड ५० लाख प्रत्यक्ष कर्जा र २५ लाख अमेरिकी डलर ९३२ करोड ६४ लाख १९ हजार रुपैयाँ०अमेरिकी डलर‌कर्जा ग्यारेन्टीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु उद्यमीलाई पूँजी लगानीका लागि कर्जा उपलब्ध गराउने डेभलपमेन्ट क्रेडिट अथोरिटीको वेबसाइटमा उल्लेख गरिएको छ ।

लक्ष्मी बैंकलाई‌ दिइने कर्जा रकमको स्वीकृति डेभलपमेन्ट क्रेडिट अथोरिटीको बैठकले स्वीकृत गरेको छ । सन् २०१६ मा यूएसएआइडीमार्फत् डेभलपमेन्ट क्रेडिट अथोरिटीले लक्ष्मी बैंकसँग ८ वर्षे सम्झौता गरेको थियो । 

त्यसबेला ५०‌ लाख अमेरिकी डलर (६५ करोड २८ लाख ३९ हजार रुपैयाँ) लगानीको सहमति भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया