एजेन्सी - भारतको बीमा नियामक र विकास प्राधिकरणले एउटै विद्युतीय मञ्चबाट सबै बीमकको बीमालेख खरिदको सुविधा उपलब्ध गराउने एप्स बीमा सुगमलाई स्वीकृति दिएको छ ।
प्राधिकरणले आफ्ना विनियमित बीमकलाई जनवरी २०२३ सम्म विद्युतीय मञ्चमा सहभागी हुन निर्देशन जारी गरेको छ । बीमा सुगमले सबै जीवन र निर्जीवन बीमकको बीमालेख बिक्री, सर्भिसिङ र बीमा दाबी गर्ने, बीमाको लागि केन्द्रीकृत बजारको रूपमा काम गर्नेछ ।
प्रतिवेदन अनुसार दलाल, बैंक, बीमा एजेन्ट र पॉलिसीबजार जस्ता एग्रीगेटर जस्ता बिचौलियाले व्यक्तिलाई बीमा पोलिसीहरू बिक्री गर्न बीमा सुगम प्रयोग गर्नुपर्नेछ । उपभोक्ताहरूले जीवन, मोटर र स्वास्थ्य बीमालेखहरु सिधै प्लेटफर्मबाट किन्न सक्छन् ।
बीमा सुगम मार्फत खरिद गरिएका सबै बीमालेखहरु विद्युतीय संस्करणमा उपलब्ध गराइनेछ । बिमा सुगम एप्सले बिचौलियालाई दिइने कमिशन घटाएर बीमाको लागत घटाउने अपेक्षा गरिएको छ ।
बीमा सुगमले जीवन बीमाशुल्क कमिशनको रूपमा तिरेको भाग झन्डै ३० प्रतिशतबाट ५ प्रतिशतसम्म घटाउन सक्ने प्रतिवेदनले जनाएको छ । बीमा सुगमलाई प्रयोगमा ल्याउनको लागि भारु ८५ करोड लाग्नेछ ।
बीमा कम्पनीहरू प्लेटफर्ममा प्रमुख शेयरधारक हुने अपेक्षा गरिएको छ । लगभग ३० प्रतिशत पूँजी जीवन बीमाकले र थप ३० प्रतिशत निर्जीवन बीमकले लगानी गरेका छन् ।
प्रतिक्रिया