ताप्लेजुङ - फुङलिङस्थित नगरपालिकाको वीरेन्द्र चोकमा रहेको आईएमई लुटपाटमा संलग्नमध्येका थप दुई जनालाई पक्राउ परेका छन् ।
एक जनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।
लुटपाटमा चार जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । थप एक जनाको भने खोजी भइरहेको छ। फुङलिङ नगरपालिका ३ हेलिप्याड घर भएका एक जनालाई लुटपाट भएकै दिन बिहान भानुजन माविको छेउबाट पक्राउ गरिएको थियो ।
लुटेको नगद ६ लाख र झोलामा सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप एकलाई पनि पक्राउ गरी पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ ।
उनीहरूले गत सोमबार करिब ७ किलो सुन र नगद ११ लाख ५५ हजार लुटेको सञ्चालकले बताएका छन् । प्रहरीले भने उनीहरू पक्राउ परिसकेपछि पूर्ण विवरण आउने बताउँदै आएको छ ।
आईएमई सञ्चालक अमर श्रेष्ठ र मैया श्रेष्ठ भ्रमणको क्रममा अस्ट्रेलियामा छन् ।
प्रतिक्रिया