यस साता नेप्से परिसूचक करिब १५ अंकले बढ्यो, कुन उपसमूहको परिसूचक कति घटबढ ?

३ बर्ष अगाडि

काठमाडौं - यस साता नेप्से परिसूचक करिब १५ अंक बढेको छ । अघिल्लो साता १८३८.९६ विन्दुमा बन्द भएको नेप्से, यस साता १४.८० अंक बढेर १८५३.७६ विन्दुमा पुगेको छ ।

यस साता सेन्सेटिभ इण्डेक्स ३.९९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ । यस साता नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । 

गत साता दैनिक औषतमा १ अर्ब ५ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता ७१ करोडको मात्र शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३२.२१ प्रतिशत घटेको छ । 

त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३९.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३१.४३ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ । गत साता २६ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण, यस साता २२ अर्ब रुपैयाँ बढेर २६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

यस साता १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । बाँकी १ उपसमूहको परिसूचक यस साता स्थिर रहेको छ । यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक भने यस साता १ प्रतिशत घटेको छ ।

यस साता समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.३९ प्रतिशत बढेको छ । त्यस्तै, सर्पोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जी हाइड्रोपावरको साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएका सामलिङ्ग पावरको शेयरमूल्य सर्वाधिक १२.६३ प्रतिशत घटेको छ भने तेह्रथुम पावरको साढे ९ प्रतिशत घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया