सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना : पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा

३ बर्ष अगाडि

काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ । 

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी हुन् । सोही योजनाअन्तर्गत भदौ १५ देखि असोज ११ गते सम्म अन्य चारजनाले साप्ताहिक उपहार १०–१० तोला चाँदी जित्न सफल भइसकेका छन् । 

साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी र मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०–१० तोला चाँदी जित्न सफल भइसकेका हुन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । 

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदीका साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ ।

कम्पनीका अनुसार यस अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया