मैतीदेवी मन्दिरलाई कामना सेवा विकास बैंकको सहयोग

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय कार्यालयमार्फत काठमाडौं–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिरलाई शुक्रबार सरसफाइसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । 

ती सामग्री मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले काठमाण्डौ–३० का वडाध्यक्ष तथा मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दलबहादुर कार्कीलाई उक्त सरसफाइ सामग्री हस्तान्तरण गरेका थिए । 

बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यममार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेसन बक्ससमेत राखेको छ । 

कार्यक्रममा मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्य, स्थानीयका साथै बैंकका कर्मचारीको उपस्थिति थियो । 

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रतिबद्धता व्यक्त गरे । 

३ बर्ष अगाडि

प्रतिक्रिया