काठमाडौं - नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ ।
केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थान विभागले आज एक सूचना जारी गर्दै नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको जानकारी गराएको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको विभागले जनाएको छ ।
‘सोहीबमोजिम गर्न गराउन पनि विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ’, विभागले भनेको छ ।

प्रतिक्रिया