काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले मोरङको विराटनगरमा सवा १८ करोड रुपैयाँको जग्गा किनेको छ ।
बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नंं ९ मा जग्गा किनेको हो । उक्त जग्गा १८ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको बैंकले जनाएको छ ।
स्वप्रयोजनका लागि खरिद गरिएको उक्त जग्गाको स्वामित्व हस्तान्तरणसमेत सम्पन्न भइसकेको बैंकले जनाएको छ ।
प्रतिक्रिया