दसैँको बिदा पनि नेपाल लाइफ इन्स्योरेन्सले कल सेन्टर सञ्चालन गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । 

कम्पनीले आफ्नो कल सेन्टर दसैँको बिदाको अवधि 9दसैँको टीकाको दिनबाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्नेछ । 

ग्राहकले कम्पनीको कल सेन्टरमा कल, ई–मेल वा ह्वाट्सएसप तथा भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ता गराउन सक्नेछन् । यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ । 

कम्पनीले देशैभरि फैलिएर रहेका १८९ शाखा तथा उपशाखाबाट बीमासम्बन्धी सम्पूर्ण सेवाहरु सरल र सहज तवरले प्रदान गर्दै आइरहेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया