स्थायी तरलता सुविधा पायोगको क्रम घट्यो

३ बर्ष अगाडि

काठमाडौं - लगानीयोग्य रकम (तरलता) अभाव खेपेका बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपायोगको क्रम घटाएका छन् । बिहीबार बैंकहरुले १९ अर्ब ९७ करोड रुपैयाँ यस्तो सुविधा लिएका छन । 

गत बुधबार बैंकहरुले २७ अर्ब ५६ करोड यस्तो सुविधा लिएका थिए । गत मंगलबार ३१ अर्ब २१ करोड यस्तो सुविधा लिएका बैंकहरुले त्यो भन्दा अघिल्लो दिन सोमबार ३५ अर्ब ६९ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका थिए । पछिल्लो चार दिन एसएलएफ उपयोगको क्रम भने घट्दै आएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता असोज १३ गते बिहीबारसम्म बैंकहरुले १९ खर्ब ५ अर्ब ७६ करोड १५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले एक हजार १२६ कारोबारबाट उक्त रकम बराबरको एसएलएफ सुविधा उपयोग गरेका हुन । राष्ट्र बैंकले एक साताका लागि एसएलएफ सुविधा दिने गरेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले समग्र बैंकिङ्ग प्रणालीमा ५१ खर्ब २८ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन । यो असोज १२ गते बुधबारसम्मकोे तथ्यांक हो । यसअवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब २६ अर्ब तथा कर्जा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको सिडी रेसियो ८७।१६ प्रतिशत छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया