प्रभु बैंकका ग्राहकले होटेल गाउँबेसीद्वारा सञ्चालित ‘फुड र वेभरेज’ सेवामा ५ प्रतिशत छुट पाउने

३ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेड र स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसी प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट वालिङ शाखा कार्यालय प्रमुख सन्तोषकुमार पौडेल र होटेल गाउँबेसीका तर्फबाट अध्यक्ष सुदन श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल गाउँबेसीद्वारा सञ्चालित ‘फुड र वेभरेज’ सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौताअन्तर्गत होटेल गाउँबेसीमा छुट सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया