ग्रीन भेन्चर्सलाई ९ करोड १९ लाख रुपैयाँ खुद नाफा, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ९७ लाख ९९ हजार रुपैयाँ खुद घाटा भएको थियो । 

यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको वार्षिकीकरण ईपीएस ३.४१ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ०.४२ रुपैयाँले ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ९६.४३ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ८८.९१ गुणा रहेको छ । 

चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ११ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष रिटेन्ड अर्निङ २० करोड ३३ लाख रुपैयाँले ऋणात्मक थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया