लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा सम्पती बीमा बापत १ करोड बढी दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सले सम्पती बीमा अन्तर्गत १ करोड भन्दा बढी भुक्तानी गरेको छ । कम्पनीको रौतहट शाखाले साहु ट्रेड कन्सर्नका संचालक मेनु कुमारी शाह र शशि भूषण शाहलाई १ करोड १९ लाख ९८ हजार ८०० रुपैयाको चेक प्रदान गरेका हुन् ।

शाहले संचालन गरेको पसल साहु ट्रेड कन्सर्नमा २०७८ कार्तिक १२ गते बिधुत सर्ट भई आगलागी भएको थियो । आगलागी बाट पसल भित्र रहेको सम्पूर्ण सामाग्री सहित ३ वटा मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नस्ट भएको थियो । 

शाहले चन्द्रपुर शाखाबाट १ करोड ५० लाखको सम्पति बीमा गरेका थिए । उनले बार्षिक ३० हजार तिर्नु पर्थ्यो । ३ बर्ष बिमा गरेको उनलाई लुम्बिनी जनरल इन्स्योरेन्सले करौडौको भुक्तानी गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया