आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले उक्त सभा कार्तिक ६ गते साधारण सभा गर्ने जनाएको छ । 

कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौंमा आयोजना गर्ने भएको हो ।

सभाले सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मिति समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति निजको पारिश्रमिक तोक्ने एजेण्डा पनि पारित गर्नेछ । हालको लेखापरीक्षकलाई नै पुनः नियुक्ति गर्ने योग्य भएको कम्पनीले जनाएको छ । सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारण शेयर ३० प्रतिशत अर्थात १ अर्ब २० करोडको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीको आईपीओ जारी पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया