काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले पाँचौं एजेन्सी अवार्ड नाइट कार्यक्रममा देशभरका उत्कृष्ट अभिकर्तालाई सम्मान गरिएको छ ।
कार्यक्रममा व्यक्तिगत अभिकर्ता संकेत नम्बरमा एक करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ता , उत्कृष्ट टिम एडभाइजर, उत्कृष्ट एजेन्सी म्यानेजर, वरिष्ठ एजेन्सी म्यानेजरलाई कम्पनीको तर्फबाट सम्मान गरिएको छ ।
उत्कृष्ट अभिकर्ताहरूलाई ब्राण्ड दूत राजेश हमाल, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र कम्पनीको संचालक समिति अध्यक्ष नन्दकिशोर शर्माले सम्मान गरेका थिए । कार्यक्रममा एमडिआरटी सम्मेलन २०२३ को लागी योग्य भएका अभिकर्ता तथा करोडपति क्लबमा सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई समेत कम्पनीले सम्मान गरेको छ ।
सम्मान कार्यक्रमका अवसरमा ज्योति लाईफका एजेन्सी सेल्स प्रमुख परसुराम मरासिनीले एक वर्षमा कम्पनीले हासिल गरेका उपलब्धीका समीक्षा गर्दै, चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिबारे जानकारी गराए ।
सो अवसरमा कम्पनीको ब्राण्ड दूत राजेश हमालले सम्पूणि सहभागीहरुलाई सम्बोधन गर्दै ज्योती लाईफ ज्योती फैलाउन अभिकर्ताहरूले दिएको योगदानको प्रशंसा गर्दै अझै उत्कृष्ट योगदान पुर्याउन हौसला प्रदान गरेका छन् ।
कम्पनीको अध्यक्ष नन्द किशोर शर्माले सम्मानित अभिकर्तालाई शुभकामना दिदै आगामी वर्षमा कम्पनी मर्जरमा गएर कम्पनीलाई कम्पनीलाई अझ बलियो बनाउने र बीमा क्षेत्रमा प्रभावकारी ढङ्गबाट उल्लेखनीय कार्य गर्ने लक्ष्य रहेको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अभिकर्ताहरूको योगदानको प्रशंसा गर्दै भने, हामीले मर्जरलाई सुनौलो अवसरको रुपमा लिएर सदुपयोग गर्दै भावी दिनमा ज्योती लाईफलाई बीमा क्षेत्रमा अब्बल बनाउन सबैले सक्दो योगदान दिनुपर्छ ।
प्रतिक्रिया