रिलायन्स लाइफद्वारा ३ लाख ३३ हजार बिमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु बिमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको हो । 

कम्पनीले विहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ति सीमादेवी शर्मा सुतिहारलाई उक्त दाबी वापतको ३ लाख र बोनस बापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए । उनले ३ लाख रुपैयाँको बीमा गरेका कारण बिमकको मृत्यु पश्चात बिमा दाबीबापत बिमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया