काठमाडौं - नेपालीहरुको महान चाड बडादसैँं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रादन गर्नेछ ।
यो योजना असोज १६ देखि असोज २२ गतेसम्म र कात्तिक ७ गतेदेखि कात्तिक १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।
यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रुपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया