काठमाडौं - मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पूरा गरी पाँचौँ वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको छ ।
मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्रगतिमा अगाडि बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ ।
मेगा क्यापिटलले हालसम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ ।
मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाका रुपमा सेवाग्राही तथा आबद्घ लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाममूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ क्षेत्रमा नयाँ आयाम थपेको छ ।
त्यसैगरी नयाँ कामका रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिदबिक्री गर्ने इच्छा भएकालाई सहजीकरण गर्दै आएको छ । विभिन्न कम्पनीसँग आईपीओ र अन्डरराइटिङ सम्झौता पनि भएको छ ।
अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीतिअनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटोछरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौ उपत्यकाबाहिर पोखरा, बुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ ।
मेगा क्यापिटललाई आजको अवस्थामा पुर्याउन सहयोग गर्ने मेगा बैंक नेपाल लिमिटेडका संस्थापक सेवाग्राही र सेयरधनी, मेगा बैंकलगायत सम्पूर्ण सरोकारवाला र शुभ चिन्तकहरुमा आइरहेको विजयादशमी, दीपावली, छठपर्व र नेपाल संवतका अवसरमा कम्पनीका सीईओ सबिर बादे श्रेष्ठले विशेष शुभकामना दिएका छन् ।
आगामी दिनमा समेत गुणस्तरीय सेवा दिने प्रतिबद्घता उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया