काठमाडौं - महालक्ष्मी विकास बैंकले दसैँलाई लक्षित गरी दसैँ काउन्टरहरु खुला गर्ने भएको छ ।
बैंकले यही असोज १५ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गते टीकाको दिनबाहेक) केही स्थानहरुमा दसैँ काउन्टरहरु खुला गर्ने भएको हो ।
बैंकले असोज १५ गते षष्ठीका दिनदेखि असोज २१ गते चातुर्दशीका दिनसम्म दरबारमार्ग शाखा खुला गर्नेछ । असोज १६ गते फूलपातीका दिन बैंकले वीरगन्ज शाखा, असोज १७ गते महाअष्टमीका दिन हेटौँडा र असोज १८ गते महानवमीका दिन महाराजगन्ज शाखा खुला गर्ने भएको छ ।
यसैगरी असोज २० गते एकादशीका दिन भैरहवा र असोज २१ गते द्वादशी÷त्रयोदशीका दिन पोखराको न्युरोड शाखा बैंक खुला राख्नेछ ।
यी दिनहरुमा ती शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कारोबार हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया