नेपाल ल्युबल आयलको शेयर नेप्सेमा समायोजन, समायोजन पछिको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल ल्युबल आयल लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ ।

 नेपाल स्टक एक्सचेञ्जले २५ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २२७ रुपैयाँ ३६ पैसा तोकेको छ । कम्पनीले बिहीबार कायम अन्तिम शेयर मूल्य २८४ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधबार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज २८ गते गते साधारण सभा गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया