काठमाडौं - आज दशैं अघिको अन्तिम कारोबारको दिन लगानीकर्ताहरु उत्साहित भएका छन् । आज पनि बजार बढेको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १,८५३.७६ को विन्दुमा कायम भएको छ ।
आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने ४७ कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।
आज दिनभरिमा २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख ७ हजार रुपैयाँको मात्र शेयर कारोबार भएको छ । दशैंको मुखमा लगानीकर्ताहरुले शेयर किन्न कम गरेका छन् ।
आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको सस्थापक शेयर कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर ४ करोड ८५ लाख रुपैयाँको भएको छ । त्यस्तै, नविल बैंकको २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्तका लगानीकर्ताले ५।४० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया