भारतमा ब्याजदर बढ्ने

३ बर्ष अगाडि

एजेन्सी - भारतीय रिजर्भ बैक (आरबिआइ) को मौद्रिक समीक्षा बैठक सुरु भएको छ । बुधवारबाट सुरु भएको बैठक शसक्रबारसम्म चल्ने छ ।

बैठक सकिए लगत्तै केन्द्रीय बैंकले क्रेडिट पोलिसिको घोषणा गर्ने छ । एक दिन चलेको बैठकलाई आधार बनाएर बैठकपछि पोलिसीमा रिपो रेट बढाएर घोषणा हुने अनुमान गरिएको छ । 

आरबिआइले ०.५० प्रतिशतसम्म रिपो रेट बढाउन सक्ने अनुमान भारतीय सञ्चार माध्यमले लेखेको समाचारमा गरिएको छ । हाल रिपो रेट ५.०४ प्रतिशत छ । बढ्दो महँगीको कारण आरबिआइले मे महिनामा ०.४० प्रतिशत,जुनमा ०.५० प्रतिशत र अगस्टमा ०.५० प्रतिशत रिपो रेट बढाइसकेको छ ।  

यस आधारमा आरबिआइले मे देखि अहिलेसम्म १.४० प्रतिशतसम्म रिपो रेट बढाइ सकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया