हिमालयन रि इन्स्योरेन्सको वित्तीय विवरण स्वीकृत, आईपिओ निष्कासनका लागि कम्तिमा एक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पार्नुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बीमा कम्पनीहरू मध्ये हिमालयन रिले सबैभन्दा पहिलो पटक स्वीकृत गराउन सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षदेखि नै पुनर्बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले पहिलो आर्थिक वर्षको वित्तीय विवरण सबैभन्दा पहिला नै तयार पारी बीमा समितिबाट पनि पहिलो पटक स्वीकृत गराएको छ ।

निजी क्षेत्रबाट स्थापित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि व्यवसाय विस्तारमा पनि आक्रामक बनेको छ । कम्पनीले सरकारदेखि बीमा समितिलाई नै प्रभावित पारेर आफ्नो पक्षमा डाइरेक्सेसन बढाउन सफल भएको छ । यसका अतिरिक्त कम्पनीले अन्तर्राष्ट्रिय स्तरबाट पनि व्यवसाय भित्र्याइरहेको छ ।

बीमा समितिबाट वित्तीय विवरण स्वीकृत गराए सँगै कम्पनीले छिट्टै साधारण सभा आह्वान गर्न पाउने भएको छ । यही हिसाबले जाने हो भने हिमालयन साधारण सभामा पनि पहिलो हुनेछ । साधारण सभा पछि यसै वर्ष हिमालयनले सर्वसाधारणका लागि आईपिओ निष्कासको प्रकृया अगाडि बढाउने तयारी गरेको छ । 

आईपिओ निष्कासनका लागि कम्तिमा पनि एक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पारेको हुनु पर्छ । तर हिमालयन रिले गत आर्थिक वर्षको असार पछि मात्रै व्यवसाय शुभारम्भ गरेकाले आइपिओ निष्कासन गर्न पाउने सम्भावना धेरै नै न्यून छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया