एशियन लाइफको लाभांश पारित, कति प्रतिशत

३ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो । 

सभा मार्फत संचालक समितिका अध्यक्षले वार्षिक प्रतिवेदन पारित गरेका छन् । सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

उक्त प्रस्वात सभाले पारित गरेको छ । त्यस्तै, कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया