काठमाडौं - लघु बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने समय सकिएको छ । बिहीबार दिउँसो १२ बजेपछि लघु बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने समय सकिएको हो ।
बीमा समितिले भदौ १० गते चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरे अनुसार लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको थियो । समितिले तोकेको ३५ दिनको समय सीमा आज असोज १३ गते दिउँसो १२ बजेपछि सकिएको हो ।
बीमा समिति तोकिएको अवधि भित्र ३१ वटा कम्पनीहरुले लघु बीमा कम्पनीको लागि लाइसेन्स माग्दै आवेदन दिएका छन् । बीमा समितिको तथ्यांक अनुसार १५ वटा लघु जीवन बीमा कम्पनी र १६ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले आवेदन दिएका हुन् ।
त्यसमध्ये लघु जीवन बीमा कम्पनीहरुमा स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, लिबर्टी माइक्रो लाइफ, उन्नती माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योन्स, गरिमा माइक्रो लाइफ, सिजि लाइफ इन्स्यूर, प्रोटेक्टिभ माइक्रो लाइफ, किस्ट माइक्रो लाइफ, हिम शिखर जीवन लघुबीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी रहेका छन् ।
यस्तै निर्जीवन बीमा कम्पनीमा नियो लाइट माइक्रो ९जनरल० इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, उन्नती माइक्रो जनरल, केयर माइक्रो जनरल, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माईक्रो इन्स्योरेन्स, सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स, गण्डकी माईक्रो इन्स्योरेनस, स्टार माईक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स, अभियान लघुबीमाले आवेदन दिएका छन् ।
समितिले लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गर्नु अघि नै करिब १ दर्जन कम्पनीहरुले आवेदन दिएका थिए । तर समितिले उक्त आवेदनहरु रद्द गर्दै नयाँ प्रस्ताव आह्वान गरेको हो ।
प्रतिक्रिया