काठमाडौं - गुँरास लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले कार्तिक ४ गते कम्पनीको प्रधान कार्यलयमा बिहान ११ बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यउमबाट गर्ने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जान स्वीकृति प्रदान गर्ने तथा तथा मर्जर सम्बन्धमा सञ्चालक समितिले गरेका अन्य निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव लैजादै छ ।
यस्तै हाल कायम चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २६ गते शेयरधनी किताब बन्द गर्ने भएको छ । असोज २५ गतेसम्म् कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया