काठमाडौं - लिलामीमा राखिएको ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनी गत असोज २ गतेबाट १२ लाख ५७ हजार २९० कित्ता हकप्रद लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ । यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
यो लिलामी सेयरमा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्साल नारायणचौस्थित कार्यालयका साथै सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।
प्रतिक्रिया